एजेन्सी:= रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव धमाधम फेला पर्न थालेको छ। रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हाे। उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरुको थप शव फेला परेको हो। आक्रमणमा वेपत्ता भएका ३२ जनाको खोजी कार्य जारी रहेकाे छ ।
युक्रेनको आवासीय भवन लक्षित आक्रमणको सर्वत्र विरोध भइरहेका बेला रुसले युक्रेनका पूर्वाधार र आवासीय भवन लक्षित आक्रमण नगरेको दावी गर्दै आएको छ । रुसको पछिल्लो मिसाइल आक्रमणका कारण युक्रेनतर्फ ठूलो क्षति पुगेको छ ।
यसैबीच रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसको रक्षा मन्त्रालयले बेलारुस सधै रुसकाे साथमा रहने स्पष्ट पारेकाे छ । मन्त्रालयले बेलारुस रुसको एयरफिल्डमा सहभागी हुने समेत जनाएको छ ।




















