एमाले सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, प्रहरी भन्छ्न: लिखित निर्देशन आएको छैन।

महोत्तरी := महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो ।बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेको तर्फबाट संघीय संसदमा विजयी हुनुभएको थियो । यता, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने सांसद महतोलाई पक्राउ गर्न गृह मन्त्रालयबाट लिखित निर्देशन आइनसकेको जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।