बालुवाटारबाट निस्केका प्रचण्ड ओलीलाई भेट्न सिधै बालकोटतर्फ प्रस्थान।

काठमाडौं := माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन्। शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन छाड्ने निष्कर्ष निकालेर बालुवाटार बैठकबाट निस्केका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतर्फ हिँडेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट लागेको स्रोतले बतायो ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।