काठमाडौं := सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेतामा शेरबहादुर देउवानै पुनः निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे ।
निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । निर्वाचनमा सबै गरेर जम्मा ८९ जना सांसदहरुले मतदान गरेका थिए ।




















