कांग्रेसमा संसदीय दलको नेता बन्न भिडन्तको लागि देउवा र गगनको उम्मेदवारी दर्ता।

काठमाडौं := कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

थापाको उम्मेदवारीमा प्रस्तावक डा कोइराला रहनुभएको भने समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहनुभएको छ ।
यसैगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उहाँको प्रस्तावकमा रामचन्द्र पौडेल समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।