अभिषेक चुडाल मिष्टर इन्टरनेशनलमा प्रतिस्पर्धा गर्न फिलिपिन्समा प्रस्थान।

काठमाडौं:= पुरुषहरूको सौन्दर्य प्रतियोगिता चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ अभिषेक चुडाल फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पन्धौं एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न शनिवार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

काठमाडौंको मूलपानीका चुडाल नेपालको प्रतिनिधित्व गर्दै पुरुषहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

२५ वर्षीय चुडाल ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ छनौट हुनु भएको थियो। विभिन्न ३५ देशका पुरुषहरूले स्पर्धा गर्ने सो प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गर्नुहुनेछ ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिष्टर इन्टरनेशनल)को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिष्टर इन्टरनेशनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराउनुभयो ।

सो प्रतियोगितामा यसअघि रोकेश तन्डुकार, साजित आलम र प्रशान्तजंग शाहलाई सहभागी गराएको र रोकेशले राष्ट्रिय पोशाक विधाको टाइटल चुमिसकेको सक्सेनाले जानकारी गराउनुभयो ।