मलेसियाका अवौधानीकलाई घर फर्किने अवसर

File photo from internet.

मलेसिया
अवौधानीक हैसियतमा रहेका आप्रवासीलाई घर फर्किन मलेसिया सरकारले अवसर दिने भएको छ । घर फर्किन सजिलो होस भनेर
मलेसियाको गृह मंत्रालयले अवैध आप्रवासिहरुको लागि अर्को घरफर्क कार्यक्रम घोषणा गरेको हो । यो कार्यक्रम वर्षको अन्त्य सम्म रहने गृहमन्त्रालयले जनाएको छ । अवौधानीकरुपमा रहेका आप्रवासीलाई मलेसियावाट फर्काउन यो कार्यक्रम ल्याइएको गृहमन्त्री तान श्री मुहियिद्दीन यासीनले पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएका हुन् ।


गृहमन्त्रीका अनुसार यात्रा अनुमती पत्र दुतवास वाट प्राप्त गर्ने र सात दिन भित्र आवश्यक पास मलेसियाको अध्यागमन विभागले प्रदान गर्ने छ ।
यो कार्यक्रममा समावेश हुन चाहने आप्रवासीले सम्वन्धित देशको दुतावास र मलेसियाको अध्यागमन विभागमा पुग्नु पर्ने छ । अवौध अप्रवासी मलेसियाको लागी टाउको दुखाइको विषय वन्दै गएको छ । अन्तिम अवसर मानिएको यो कार्यक्रममा सम्लग्न हुन गृहमन्त्रीले आप्रवासी अवैधानीकलाई आग्रह समेत गरेका छन् ।
पाँच महिना सम्म सन्चालन हुने कार्यक्रमा धेरै अवौधानीक आप्रवासी सम्लग्ने हुने आस समेत मलेसिया गृह मन्त्रालयले लिएको छ ।


यो कार्यक्रममा सहभागी नहुने अवैध आप्रवासीहरू माथी कडा कारवाहि चाल्ने मलेसिया गृहमन्त्रालयले जानकारी गराएको छ ।