काठमाडौं := नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको गत चैत महिनासम्ममा अवधिमा विदेशबाट आउने रेमिटेन्स विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भएको जनाएको छ। बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो।




















